कोरोना महामारीकै बिच बझाङ्गका २२ वर्षिय बिरेन्द्रले खोले बुङ्गलमै पहिलो चाउमिन फ्याक्ट्री

बझाङ्गको बुङ्गलमा खुल्यो पहिलो चाउमिन फ्याक्ट्री
प्रकाशित : :

बझाङः बझाङ्गको बुङ्गल नगरपालिकामा पहिलो पटक चाउमिन फ्याक्ट्रीको सुरुवात भएको छ ।

बझाङ्गको बुङ्गल नगरपालिका वडा नम्बर ८ डुङ्ग्रीबगरमा न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्ट सन्चालनमा आएको हो । कोरोना भाईरस (कोभिड (१९) नेपाल प्रवेश सङ्गै नेपाल सरकारले लागू गरेको लकडाउनले बेरोजगार बनेका बु.न.पा.८ का २२ वर्षिय बिरेन्द्र बोहराले आफ्नै लगानिमा फुड्स एन्ड प्रोडक्ट को सुरुवात गरेको जानकारी दिए ।

उनले भने, “देशै भरि लकडाउन भयो काठमाडौंमा सानोतिनो काम गर्थे कोरोनाका कारण त्यो पनि गुम्यो अनि दिमागमा यो योजना आयो र सानै भएनी गर्नु पर्यो सोचे र सुरु गरे “। अहिले को यो फास्ट फुड धेरै चल्ने समयमा बुङ्गलको अहिले सम्म कुनै पनि फ्याक्ट्री नभएको ठाउमा बिरेन्द्रले चाउमिन फ्याक्ट्री सन्चालनमा ल्याउदा सबैलाई सजिलो भएको छ । अहिले सम्म हाम्रो ठाउमा कुनै पनि चाउमिन फ्याक्ट्री नभएको र धनगढीकै चाउमिन को भरमा बस्ने गरेका सबै होटेल तथा सेवाग्राही सबैलाई केही हद सम्म राहत मिलेको एक सेवाग्राही रमेश देवारले बताए ।
फ्याक्ट्री का सञ्चालक बिरेन्द्र भन्छ्न, “अहिले हामिले यहाँ ताजा र शुद्ध चाउमिन र ससहरु मात्रै उत्पादन गर्ने गरेका छौ ।धनगढी बाट ल्याउनु पर्ने चौमिन र सस हामिले आफ्नै ठाउँमा उत्पादन गरेका छौ ।जसले गर्दा एक पेटि चाउमिन का लागि भएनी धनगढीकै बाटो हेर्नू पर्ने र उतैको भर पर्नु पर्ने ठाउँमा हामिले केही हद भए नि सेवा दिन पाउँदा खुसी लागेको छ । अहिले हाम्रो सानो सुरुवात मात्र हो यदि हामिलाई सबैले साथ र सहयोग गरे हामी अझै सेवा र सुबिधा बढाउने छौ” .
न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्ट ले अहिले आफैले उत्पादन गरेको चाउमिन र सस हरु स्थानिय बजारहरु मा जहाँ पनि पाइन थाले पछि सेवाग्राही लाई समेत धनगढीकै भर नपर्नु पर्ने र चाहेको बेला जति खेर पनि मिल्ने भएकाले होटेल व्यावसायि तथा सेवाग्राही गरु खुसी देखिन्छ्न ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार