बैतडीमा जीप दुर्घटना, चालक सामान्य घाइते

बैतडीमा जीप दुर्घटना

धनगढीः बैतडीमा जीप दुर्घटना हुँदा जिप चालक समान्य घाइते भएका छन् ।

महाकाली राजमार्गको सिल्लेगडा–सतबाँझ सडकखण्ड अन्र्तगत दोगडाकेदार गाउँपालिका ३ को लडालेकमा से १ ज १०३७ नम्बरको जीप दुर्घटना हुँदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जीपमा ७ जना सवार रहेकोमा चालक जनक विष्ट सामान्य घाइते भएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो । जीप सडकबाट करिब २० मिटर तल खसेको छ । तर दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
आज बिहान ९ बजेतिर जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार