SKIP THIS

धनगढी उप-महानगरपालिका

सशस्त्र प्रहरी नायब निरिक्षक टेरले जिते कोरोना

सशस्त्र प्रहरी नायब निरिक्षक टेरलाई कोरोना पुष्टि

धनगढीः धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक किसनसिह टेरले ९ दिनमै कोरोना जितेका छन् ।

गत असोज ३० संक्रमण पुष्टि भएका टेरले ९ दिनमै कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा टेरको रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि धनगढी क्षेत्रमा डिउटीमा खटिएका बेला संक्रमण भएका टेर अहिले पनि सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक टेरले संक्रमण देखिएपछि कोरोनासँग लड्न उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार