आज दशैँको नवौँ दिन, महानवमी पर्व मनाईदै

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

धनगढीः आज बडादशैँको नवौँ दिन । महानवमी पर्व आज हर्षेल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीका कारण मौलिक परम्पराअनुसार महानवमी पर्व समेत नमनाइने भएको छ ।

संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनहरुले मठमन्दिरमा मेलाजात्रा गर्न तथा पशुबली दिन रोक लगाएका छन् । तर सुदूर पहाडका केही स्थानमा भने स्थानीय प्रशासनको आदेशको वेवास्ता गर्दै बली चढाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार