मोटरसाइकल एकआपसमा ठोक्किदा धनगढीमा २ जना घाइते

Bike Accident

धनगढीः मोटरसाइकल एकआपसमा ठोक्किदा धनगढीमा २ जना घाइते भएका छन् ।

सुदूरपश्चिमको एकमात्र उपमहानगरपलिका धनगढी उप–महानगरपालिका वडा नम्बर १३ श्रीलंका स्थित भित्रि सडकमा मोटरसाइकल ठोक्किदा सोही ठाउँका २४ वर्षीय खुशिराम चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय बिसमराज अवस्थी घाइते भएको प्रहरीले जनाएको छ ।

अवस्थीले चलाएको से ४ प २१६१ नम्बर र चौधरीले चलाएको से.६ प. ४२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किद दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दीए ।

अहिले घाइतेहरु मध्ये अवस्थीको सेती प्रादेशिक अस्पताल र चौधरीको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार