नदीमा नुहाउने क्रममा डुबेर कैलालीको घोडाघोडीका २ बालिकाको ज्यान गयो

नदीमा डुबेर मृत्यु

धनगढीः नदीमा नुहाउने क्रममा डुबेर कैलालीको घोडाघोडीका २ बालिकाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कान्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा वेपत्ता भएका उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले तथा स्थानीयहरुले खोजी गर्दा दुवै बालिकालाई मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । उनीहरु गाईबस्तु चराउन गएका बेला नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएको जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार