बैतडीको पञ्चेश्वरमा कुटपिटमा परी एक जनाको मृत्यु, २ पक्राउ

जिल्ला प्रहरी कार्यालय बैतडी

बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँद रहेको प्रहरीले जनाएको छ । साउँदलाई स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरे यही असोज ९ गते राती कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

साउँदमाथि कुटपीट भएलगत्तै उहाँलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

कुटपीटमा संलग्न भनिएका विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘घटनाका बारेमा थप अनुसन्धान गर्न म आँफै घटनास्थल जाँदैछु । घटनाका कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान पछि मात्रै थाहा हुनेछ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार