बैतडीको सिगास गाउँपालिकामा ७ जना दलित परिवारलाई कुटपिट

बैतडीको सिगास गाउँपालिकामा ७ जना दलित परिवारलाई कुटपिट

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ को काडा गाउँमा रहेको दलित बस्तीमा कुटपिट भएको छ । सोमबार राती स्थानिय गैर दलित युवाहरुले दलित बस्तीमा पसेर कुटपिट गरेका हुन ।

बैतडीको दुर्गम गाउँपालिकाले चिनिने सिगास गाउँपालिकामा दिन प्रतिदिन मिडियामा छाउदै आएको छ । कहिले बलात्कार त कहिले भ्रष्ट्राचार, यसै बिच दशैंको दिनैमा दलित बस्तीहरुलाई उठीबास गराउने गरी उपल्ला बर्गले जातिय बिभेद सँगै पैसाको रबाब देखाउदै मान्छेहरु लगाएर गालीगलौच सँगै कुटपिट गरेको निबेदन दलित परिवारले लगाएको छ ।

स्थानिय मान बहादुर रोकाया, पदम रोकाया र खिमा रोकायाले रातीको समयमा बस्तीमा पसेर गालिगलौज गर्दै कुटपिट गरेको स्थानिय राजेन्द्र बिकले बताएका छन । कुटपीटबाट किरण लुहार, हिरा लुहार, ईश्वर बिसी, अनिश बिसी, कलिमान बिक, महामती बिक र कलधारा बिक घाईते भएका छन ।

उनले कुटपिट गरेको घटना बाहिर नल्याउन धम्कि दिएको बताए । उनले दशैंको राती एक्कासी घरमा पसेर कुटपीट गरेको बताए । ‘स्थानिय क्षेत्रमा रक्सी बिक्रि वितरण बन्द गर्नुपर्छ भनेर हामीले आवाज उठाएपछि नैन सिह रोकायाले मान्छे पठाएर हामीलाई कुटपिट गर्न लगाएका हुन’, उनले भने ‘तिमी डुमहरु के गर्न सक्छै तिमीहरुलाई मारेर पनि हामी उम्कन सक्छै हामी संग पैसा छ भनेर धम्की दिएर गएका छन ।’

पीडितले वडा कार्यालयमा न्यायका लागि उजुरी दिएको बताएका छन । उता वडा अध्यक्ष डम्मर सिह धामीले भने घटनाका बारेमा बाहिरबाट सुनेको तर बिस्तृत जानकारी नआएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार