कर्मचारीमा कोरोना संक्रमण, कञ्चनपुर प्रशासनमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

कञ्चनपुर प्रशासन

धनगढीः कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।

अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।

तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी कायम गरी खुला रहेको सूचनामा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार