ट्रकको ठक्करबाट मोहना-अत्तरिया ६ लेन सडकखण्डमा १ पैदल यात्रीको निधन, चालक फरार

सडक दुर्घटना
सांकेतिक तस्विर
प्रकाशित : :

धनगढीः ट्रकको ठक्करबाट मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा पैदल यात्रीको निधन भएको छ ।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना ३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट