SKIP THIS

S.P.A  Collage

डडेल्धुरामा पानी जमेको खाल्टोमा पुरुषको शव फेला, पहिचान हुन सकेन

डडेल्धुरामा वेवारिसे शव फेला
वेवारिसे शव

डडेल्धुराः डडेल्धुरामा वेवारिसे शव फेला परेको छ।
आज बुधबार जिल्लाको जिल्लाको अमरगढी नगरपालिका– १० सिमरोडा खोलास्थित पानी जमेको खाल्टोमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी निजको शव डडेल्धुरा अस्पतालको लाश घरमा राखिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले अन्दाजी ६० वर्षीय, उचाई अन्दाजी ५ फिट ४ ईन्च, कपालको रङ कालो सेतो हुलिया भएको शवको पहिचान गरी सहयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार शव नजिक कालो घीउ रंगको र भित्री पट्टी रातो रङ्ग भएको ज्याकेट, रातो रंगको सुरुवाल र कालो कट्टु भेटिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार