कोरोनाबाट मृत्यु भएकी महिलाको शव कब्रिस्तानमा गाडिएको भन्दै धनगढी १ का स्थानीयद्धारा विरोध प्रर्दशन

कोरोनाबाट मृत्यु भएकी महिलाको शव कब्रिस्तानमा गाडिएको भन्दै धनगढी १ का स्थानीयद्धारा विरोध प्रर्दशन

धनगढीः धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव कब्रिस्तानमा गाडिएपछि विरोध प्रर्दशन भएको छ ।

मानववस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै धनगढीका स्थानीय विरोधमा उत्रिएपछि तनाव सिर्जना भएको हो ।

धनगढी उपमहानगरपालिका १ स्थित सो कब्रिस्तानमा तालाबन्दी समेत गरेका स्थानीयले टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ की ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बिहान साढे ५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यसैबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले शव व्यवस्थापनको क्रममा प्रशासन र नेपाली सेनाले समन्वय नगरेको बताए । तर गाडिएको शव निकाल्नु उचित नभएको बताउँदै उनले ९ फिट गाहिरो खाल्डो खनेर व्यवस्थापन गरेको शवलाई थप सुरक्षित कसरी गर्न सकिन्छ ? भन्ने तर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । साथै मेयर वडले आउँदो दिनमा निश्चित स्थान तोकेर सतर्कताका साथ शव व्यवस्थापनमा जुट्ने बताए ।

कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रस्तानमा गाडिएको बताए । उनले भने,‘कोरोनाबाट मृत्यु भएकालाई जहाँ व्यवस्थापन गर्न जान्छौ, त्यहै विरोध हुन्छ । समुदायिक वनले, स्थानीय विरोधै विरोध गरिरहेका छन् । स्थानको अभाव भयो । मुस्लिम समुदायले कब्रस्तानमा गाड्छौ भनेपछि व्यवस्थापन गरिएको हो ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार