दशैंको दिन भारतमा कुटिएका २ विद्यार्थी महेन्द्रनगर पुगे

Mahendranagr
फाइल तस्विर

भारतको देहरादुनस्थित भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी दशैंको दिनमा निर्घात कुटिएकामध्ये २ जना नेपाली विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् ।

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी लाइ कार्तीक १० गते कुटिएको उनका अभिभावकहरूले बताएका थिए । ती मध्ये ५ जना भागेर नेपाल–भारत सीमा नाका गड्डाचौकी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

५ जना मध्येमा ३ जना भारतीय र २ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । भारतीय विद्यार्थीलाई भने फर्काइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।

५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कार्तीक १० मा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार