नेकपा विप्लव कैलालीद्धारा पार्टीको नीति विपरीत सङ्कलन गरेको रकम स्थानीयलाई फिर्ता

निर्देशन विपरीत सङ्कलन गरेको रकम स्थानीयलाई फिर्ता
प्रकाशित : :

धनगढीः सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीले एक जना स्थानीयको रकम फिर्ता गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोडाका स्थानीय दायराम डगौँरा थारुलाई जिल्ला सेक्रेटरी करण थारुले १ लाख ८४ हजार ७ सय रुपैयाँ नगद सहित फिर्ता गरेको हुन् ।

पार्टीका दुई जना जिल्ला सदस्यले पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक सङ्कलन गरेका थिए । उनिहरुलाई सम्पर्कमा ल्याई पार्टीको सरसल्लाहा अनुसार रकम फिर्ता गरेको विप्लव पार्टीले जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेता कार्यकर्ताहरु स्थानीय दायराम डगौँरा थारुको घरमा पुगेर रकम फिर्ता गरेका हुन् ।

नीति, निर्देशन विपरीत पार्टीका कार्यकर्ता बाट रकम सङ्कलन भएको खण्डमा सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गर्नुको साथै सङ्कलन गर्ने कार्यकर्तालाई पनि कारबाही हुने करण थारुले बताए । पार्टी सधैँ जनता प्रर्ति उत्तरदायी हुने र जनतालाई घात हुने काम पार्टी बाट नहुने उनले बताए ।

जनताको पार्टी निमार्ण गर्ने, जनताको जनमुक्ति सेना निमार्ण गर्ने र जन नियन्त्रित पार्टी बनाउने अभियानमा आफूहरू लागी रहेको जिल्ला सेक्रेटरी करण थारुले बताए थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनतालाई भ्रमित पार्ने, दलाली पार्टी भई सक्यो भन्ने भ्रममा नबुझ्न पनि सबैमा उनले आग्रह गरे ।

पार्टी आफैमा भ्रष्टाचार,दलाली र कमिसनमा लुप्त भयो भने कुनै पनि हालतमा जनताको पार्टी बन्न नसक्ने उनको धारण थियो । आफ्नो पार्टीको जनसरकार भएको बताउँदै करण थारुले दलाली संसदीय व्यवस्थालाई ध्वस्त पार्न आफूहरू लागी परेको उनले बताए ।

पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक लाभ लिएको भन्दै साधारण सदस्य समेत नरहने गरी जिल्ला सदस्य महेन्द्र र साजनलाई एक प्रेस विज्ञप्ति जारी गर्दे कार्तिक २३ गते निष्कासन गरेको थियो ।

जिल्ला सदस्य महेन्द्र र साजनले पार्टीमाथि गम्भीर प्रकारका आँच आउने, पार्टी नीति, प्रक्रिया विपरीत पार्टीलाई नटेर्ने,अटेरी, अराजक गरी पार्टीका नाममा आर्थिक लाभ लिई पार्टीलाई नै बदनाम गरेकाले पार्टी सदस्यता नरहने गरी निष्कासन गरेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट