बैतडीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

सडक दुर्घटना

बैतडीः बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ८ बस्ने ५ बर्षीय आयुष बिष्टको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मेलौलीको रायल्डबाट मेलौली आउने क्रममा बिहीबार साँझ साढेसात बजेतिर ट्याक्टरबाट खसेका बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी ट्याक्टरबाट खसेको बताइएको छ । से १ त ८५७ नम्बरको ट्याक्टरबाट बालक खसेका बताइएको छ । घटनापछि ट्याक्टर र चालक दीपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातलमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार