कोरोना माहामारीकै बिच बझाङ्गका विद्यालयहरुमा पठनपाठन सुरु

कोरोना माहामारीकै बिच बझाङ्गका बिध्यालयहरुमा पठनपाठन सुरु

बझाङ्ग: कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बझाङ्गको बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार देखि पठनपाठन सञ्चालन भएको छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण चैत्र देखि देशभरका विद्यालयहरु बन्द रहेका छन ।

शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबार बाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ संञ्चालन गर्ने निर्यण गरे सङ्गै सोमबार देखि पठनपाठन सुरु भएको हो ।

सरकारको पछिल्लो निर्णय सँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरेको भएपनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चार माध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यम बाट पढाई संचालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृश्ण रेग्मिले बताए । शैक्षिकशत्र लम्बिन नदिन र शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाइ सामुदायिक तथा निजि बिद्यालय पूर्णरुपमा संचालन गरिन लागिएको उनको भनाई छ ।

कोरोना महामारीकै बेला बिद्यालय सञ्चालन गरीन लागेको भए पनि लामो समय पछि बिद्यालयमा पढ्न पाईने भन्दै बिद्यार्थी हरु खुशी भएका छन् । कोरोना नियन्त्रण भए पछि पढौला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविश्य समेत बिग्रने भन्दै अब आफुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोना संगै बाच्न सिक्नु पर्ने कफलसेरी माध्यमिक बिध्यालयमा कक्षा १० मा अध्ययनरत एक बिध्यार्थिले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार