धनगढीको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड, २० लाख बढीको कारोबार

धनगढीको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड, २० लाख बढीको कारोबार
प्रकाशित : :

धनगढीः चाडपर्वलाई लक्षित गरी धनगढीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड दशै सकिए पनि बढ्दो रहेको छ । असोज १५ गतेबाट सञ्चालनमा आएको सुपथ पसलले हाल सम्म २० लाख बढीको कारोबार धएको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

सुपथ मुल्य पसलमा खाद्यान्न बजार मूल्य भन्दा सस्तोमा पाईने भएकाले उपभोक्ताको भिड अझै पनि नघटेको जनाईएको छ । हिजो आज पनि दैनिक ४ देखि ६ सय जना उपभोक्ताहरू आउने गरेका छन् । सुपथ पसल चाडपर्व लक्षित नभई बर्षै भरी सञ्चालन गरिनु पर्ने उपभोक्ताहरुले माग रहेको छ ।

बजार मूल्य भन्दा सुपथ मूल्य पसलमा प्रत्येक सामानमा १० रुपैयाँ फरक मूल्य छ । सुपथ मूल्य पसलबाट नुन, चिनी, चामल, चिउरा, साबुन, सेनीटाइजर लगायतका सामाग्रीहरु वितरण भएको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सुपथ मुल्य पसलमा अहिले सम्म करिब २० करोड बढीको कारोबार भईसकेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट