कैलालीमा सवारी दुर्घटना हुँदा तिन जना घाइते

Accident

धनगढी: कैलालीमा सवारी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । जिल्लाको अत्तरिया सडक क्षेउमा रोकिरहेको कार र स्कुटर लाई अटोले ठक्कर दिँदा चालक सहित अटोमा सवार तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीबाट अत्तरिया तर्फ गइरहेको म १ ह ८ सय २४ नम्बर को अटोले पार्किङमा रहेको बा १९ च ८९४८ नम्बरको कार र से ६ प ५७९४ नम्बरको स्कुटर लाई दिउसो ३ः३५ बजे ठक्कर दिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

अटो चालक गोदावरी नगरपालिका ५ का ३२ वर्षीय राज बहादुर बिक सहित सवार अन्य दुई जनाको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार