‘हामी आफैँ मैलाइ चाहियो, भाग पुगेन, मान पुगेन किन गर्छौं’: प्रधानमन्त्री ओली

केपी शर्मा ओली

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उमेरले ७० पुग्न थालेका पार्टीका शीर्ष नेताहरुले अब नेतृत्व र राजकीय पदमा दाबी गर्नु औचित्य नभएको बताएका छन्।

एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष भइसकेका व्यक्ति र प्रधानमन्त्री बनिसकेका व्यक्तिले पनि त्यही पदमा दाबी गर्नु उचित नभएको बताएका हुन्। उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।

‘३२/३३ वर्ष अध्यक्ष भइसकेका साथीभाइहरुको फेरि पनि रहर फर्किएको, धित नमरेको, प्रधानमन्त्री भएका व्यक्तिलाई फेरि त्यही चाहिएको देख्दा अचम्म लाग्छ। अब नयाँ पुस्ताका लागि जिम्मा लगाउन हामी किन तयार छैनौँ। हामी आफैँ मैलाइ चाहियो, भाग पुगेन, मान पुगेन किन गछौँ। एउटा सहमति गरेर नयाँ पुस्तालाई दिऔँ। हामी ७० को आसपासको हाराहारीमा रहेकाले नै सधैँ ओगट्नु पर्दैन।’

आफू प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष भएकाले गुटबन्दी आवश्यक नभएको पनि उनले बताए। पार्टीका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको शुक्रबारको धुम्बाराही बैठकलाई ओलीले अनुचितको संज्ञा दिए। उनले गुटको भेला गलत भएको बताउँदै गुटको प्रस्ताव बैठकमा ल्याइनु पनि गलत भएको बताए।

पार्टी र पार्टीका अन्य व्यक्तिको चित्त बुझाउन कतिपय अवस्थामा सही व्यक्ति उपयुक्त स्थानमा चयन गर्न नसकेको पनि ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने भएकाले पार्टीको स्वार्थमा काम गर्न नहुने पनि बताए। पार्टी प्रमुख भनेर हरेकले प्रधानमन्त्री बन्न खोजेर नहुने ओलीको टिप्पणी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार