SKIP THIS

धनगढी उप-महानगरपालिका

एकलौटी रुपमा कञ्चनपुर छिरेका एसएसबीलाई स्थानीयले लखेटे, भारतीय पक्षले गल्ती गरेकोमा मागे माफी

भारतीय एसएसबी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका छन्। आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि आएका एसएसबीलाई स्थानीयले लखेटेका हुन्।

बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको एसएसबीले निरीक्षण गरिरहेको थियो। नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटेको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले बताए।

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए। उनले भारतीय पक्षले गल्ती गरेकोमा माफी समेत मागिसकेको बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार