सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये कैलालीका ६२ र कञ्चनपुरका २५ जना रहेका छन् ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ३३ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६/६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २/२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको छ । भने ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १/१ जनामा पनि कोरोना देखिएको छ ।

त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार