डडेल्धुरामा हात धुने अड्डा बन्दै

डडेल्धुरामा बन्दैछन् हात धुने अड्डा

डडेल्धुरा, अमरगढी: डडेल्धुराको एक गैरसरकारी संस्थाले  सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३  सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ ।

अहिले कार्यालयलगायत संघसंस्था आफैँले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन् । सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो ।

खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनाएको छ । जिल्ला प्रशासन, नापी र  मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखिने छ । यस्तै गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई  स्थान र नवदुर्गा गाउँपालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ ।

बसपार्क, नापी र  मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ । रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताए । यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार