तिहारको मुखमा माटोले दियोको रुप पाउँदै (फोटो समाचार)

तिहारको मुखमा माटोले दियोको रुप पाउदै

धनगढीः नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोको दियो बनाउन कैलालीका भट्टा व्यवसायी ब्यस्त भएका छन् । लक्ष्मीपूजा तथा तिहार भरी घर झिलीमिली बनाउन प्रयोग गरिने माटोको दियो बनाउन यहाँका भट्टा व्यवसायीलाई भ्याई नभ्याई छ ।

घरलाई उज्यालो बनाउन माटोका दियोको प्रयोग गरिन्छ । माटोको दियोमा बत्ति बालेर घरको पूजा कोठा र आगनमा सजाउने गरिन्छ ।तिहारको समयमा माटोको दियो, पाला सहित अन्य सामाग्रीहरुको बिक्री वितरण हुने गरेको छ ।

तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्त्व विशेष छ। त्यसैले अहिले पनि परम्परागत दियोको आकर्षण उत्तिकै छ। फोटोमा हेर्नुहोस्, यसरी दिईदैछ, माटोलाई दियोको रुपः-

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार