आज मात्रै बैतडीमा कोरोनाका ९ जना नयाँ संक्रमीत थपिए, कुल सक्रिय संक्रमितको संख्या कति ?

बैतडीमा कोरोना
प्रकाशित : :

बैतडीः आजमात्रै बैतडीमा ९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार डडेल्धुरा अस्पतालको प्रयोगशाला परीक्षणमा बैतडीका थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । पाटन नगरपालिका ६ का २१ बर्षीय पुरुष, मेलौली नगरपालिका १ का १९ बर्षीय, वडा नं २ का २१ र वडा नं ७ का २३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै सुर्नया गाउँपालिका ८ का १९ र २१ बर्षीय पुरुष, दोगडाकेदार गाउँपालिका १ का २१ बर्षीय पुरुष र पञ्चेश्वर गाउँपालिका ५ का १९ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सोमबार थप ९ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ४९३ पुगेको छ ।

४९३ संक्रमित मध्ये २४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । ४६८ जनाले कोरोना जितेका छन् भने एकजनाको कोरोना कारण मृत्यु भईसकेको छ ।

जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा ७÷७ जना, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा ४÷४ जना र पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले ६ हजार ३३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट