कञ्चनपुर प्रहरीद्धारा डाँका चोरी गर्ने ३ जनालाई सार्वजनिक

कञ्चनपुर प्रहरीद्धारा डाँका चोरी गर्ने ३ जनालाई सार्वजनिक

कञ्चनपुरः डाँका चोरी गर्ने ३ जनालाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले कार्तिक १९ गत कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा डाँका चोरी गरेका थिए । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– १ का २८ वर्षीय केदार बिष्ट, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपक भट्ट र सोही ठाउँका २२ वर्षीय पारसमणी जोशी रहेका छन् ।

उनीहरुका साथबाट २ राउण्ड गोली लोड गरेको पेस्तोल, १ थान म्याग्जिन, मोबाइल २ थान र २ वटा मोटसाइकल बरामद गरिएको प्रहरी निरीक्षक किस्नानन्द भट्टले जानकारी दिए । घटना सम्बन्धी अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेकाहरुले गत कार्तिक १९ गते वेदकोट नगरपालिका वडा नम्बर ५ मा जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख ९५ हजार लुटेर फरार भएका थिए ।लुटपाटमा संलग्न केही व्यक्तिहरु अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार