सुदूरपश्चिममा थप १ सय २९ जनामा देखीयो कोरोना, कुल संक्रमितको संख्या कति ?

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज धनगढीमा गरिएको परीक्षणमा ६३ जना, डडेलधुरामा ३७ जना, अछाममा ६ जना, बझाङमा ९ जना र डोटीमा १४ गरी १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

कैलालीमा ४७ जना, कञ्चनपुरमा १५ जना, अछाममा ८ जना, बैतडीमा ९ जना, बझाङमा १० जना, बाजुरामा ८ जना, डडेलधुरामा १४ जना र दार्चुला र डोटीमा ९ र ९ जनामा सङ्क्रमण भएको छ ।

यो सँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १० हजार १ सय ५४ पुगेको छ । ८ हजार ४ सय ८५ जना निको भइसकेका छन् । अब १ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये ८६ जना अस्पतालमा उपचाररत छन् भने अरू घरमै बसेका छन् । १७ जनाको आइसियुमा उपचार भइरहेको छ । हाल सम्म प्रदेशमा २७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार