ईमान्दारीताको बलियो उदाहरण: प्रहरी जवान धामी, जसले गरे हराएको १ लाख ३५ हजार फिर्ता

ईमान्दारीताको बलियो उदाहरण धामी, जसले गरे हराएको १ लाख ३५ हजार फिर्ता
प्रहरी जवान धामी नगद सहितको पर्स सम्बन्धित व्यक्तिलाई बुझाउँदै

धनगढीः प्रहरी जवान धन बहादुर धामीले हराएको १ लाख ३५ हजार नेपाली रुपैया फिर्ता गरेका छन् ।

प्रहरी जवान धामीले २०७७/०७/२३ गते महानगरीय प्रहरी परिसर ललितपुर अगाडी रहेको राष्ट्रिय बाणिज्य बैंकको एटियम काउन्टर नजिक हराएको पैसा फेला पारी चन्द्रागिरी नगरपालिका वडा नं. ९ सतुंगल बस्ने रमेश कुँवरको नेपाली रुपैया रु. १ लाख ३५ हजार सहितको हराएको पर्स सम्बन्धित व्यक्तिलाई बुझाएको महानगरीय प्रहरी परिसर ललितपुरले जाएको छ ।

हराएको पैसा भेट्टाउने आसमारेका कुँवरले आफ्नो पैसा नेपाल प्रहरीले फिर्ता बुझाउँदा खुसी हुदै नेपाल प्रहरीलाई धन्याद दिएका छन् ।

बजाङ्गको केदारसिउँ गाउँपालिका वडा नं. ६ घर भएका धामी अलिहले २०७७/४/१ गतेबाट नेपाल प्रहरीको जवान पदमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत छन् ।

धामीले हराएको पैसा भेट्टाएर फिर्ता गर्दा सिंगो नेपाल प्रहरीको शिर उच्च र प्रहरी प्रति नागरीकको विश्वास त बढेको नै छ, अझ यसलाई ईमान्दारीताको बलियो उदाहरणको रुपमा पनि लिईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार