वडाले दिएको न्यानो लुगा पाएपछि धनगढी १५ का जेष्ठ नागरिक भन्छन्,’चिसो काट्न सजिलो हुनेभयो’

धनगढी उप-महानगरपालिकाको वडा नम्बर १५ द्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

धनगढी । चिसो मौसम सुरु भएपछि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ ले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । चिसो मौसमले बृद्धबुद्धालाई समस्या हुने भएकाले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो ।

वडा अध्यक्ष फुलराम चौधरीका अनुसार आज वडा भित्र रहेका करिब १०५ जनालाई न्यानो कपडा वितरण गरिएको हो । आफुहरुले एकल महिला र ६० बर्ष माथिका दलित र बृद्धबृद्धाहरु लाई न्यानो कपडा वितरण गरेको जानकारी दिए ।

बृद्धबृद्धालाई चिसो र कोरोना बाट बचाउने उद्धेश्यले वडाभित्र रहेका नागरिकलाई न्यानो कपडा सहयोग गरेको उनको भनाई छ । वडा नम्बर १५ को आयोजनामा भएको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद नारदमुनि राना रहेका थिए ।

उनले १०४ वर्षका जेष्ठ नागरिक रम्भा रानालाई कम्बल हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरेका हुन । कम्बल पाएपछि धनगढी १५ का जेष्ठ नागरिकले चिसो काट्न सजिलो हुने भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार