जनताको साथी बन्दै प्रतिपक्षी, समस्याको समाधानमा सरकार उदासिन बन्यो-डा.रावल (फोटो समाचार)

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

धनगढीः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका संसदिय दलका नेता डा. रण बहादुर रावलले केही महिना देखी मात्रै कञ्चनपुर प्रसाशनको मातहतमा रहेको गौरीफण्टा नाकाको निरीक्षण गर्नुभएको छ । बुधबार निरीक्षणका क्रममा नेता रावलले नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु को अवस्थाबारे समेत जानकारी लिनुभएको छ ।

गौरीफण्टा नाका पुगेका नेता रावलले रोगबाट भन्दा भोकबाट मर्ने अवस्था पुगेका कारण तिहारको मुखमा रोजगारीको लागी भारत गईरहेका नेपाली नागरीकलाई सान्तोना दिदै बर्तमान सरकार समस्याको समाधानमा उदासिन बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षी को तर्फबाट सक्रीय भएर लागी परेका छौं, कारोना महामरीका बिच हामिले सरकारलाई पुर्णरुपमा सहयोग र सर्मथन गर्ने भनेका छौं र गरीरहेका पनि छौं तर अहिलेको दुई तिहाई बहुमत प्राप्त गरी सत्ता चलाईरहेको सरकार नागरीका समस्या समाधानमा उदासीनबेको छ ।’

सिमा निरीक्षणकै क्रममा नेता रावलले तिहारको मुखमा भारत पसीरहेका र जाने सोच बनाईराखेका नागरीकहरुलाई सके सम्म स्वदेशमै केही गर्न र आफ्नो हक अधिकारको सुनिश्चितताको लागी यस्तो विषम परीस्थितिमा सरकारलाई नागरीक स्तरबाट सकिने रचनात्मक सहयोग र खबरदारी गर्न समेत आग्रह गर्नुभएको छ । डा. रावलसंगै निरीक्षणमा नेपाली कांग्रेसका प्रतिनिधीहरु तथा पत्रकारहरुको सहभागीता रहेको थियो । हेरौं ८ तस्विरमा नेता डा. रण बहादुर रावल गौरीफण्टा नाकामा पुग्दा जे देखीयो…!

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

नेपालबाट भारत फर्किरहेका नेपाली नागरीकहरु

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार