रगत अभावलाई मध्यनजर गर्दै ‘प्रहार’ का प्रतिनिधिहरु द्धारा रक्तदान, ३१ पिन्ट रगत संकलन

रगत अभावलाई मध्यनजर गर्दै प्रहार का प्रतिनिधिहरु द्धारा रक्तदान

धनगढीः कोरोनाको महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा तालिमको समापन समारोहका उलपलक्ष्यमा संस्थाले विहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रहार संस्थाका संस्थापक प्रकाश कुमार चन्दले आत्मरक्षा तालिमका प्रशिक्षक, सहभागि र सहभागिका अभिभावकहरुले रक्तदान गरेको बताउनुुभएको छ ।

उहाले सबैबाट ३१ पिन्ट रगत संकलन गरिएको जानकारी दिनुुभएको छ । संकलित रगतले धेरैको ज्यान जोगाउने बताउनुुभएको छ । उहाले आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बताउनुुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार