गएराति मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

मोटरसाइकल दुर्घटना

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

मृतक महिला अछामको कमलबजार नगरपालिका–१० घर भई हाल कैलालीको लम्कीचुहा नगरपालिका– ४ सगुने बस्ने भुनी देवकोटा रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महिलाको शव अझैँ टीकापुर अस्पतालमै रहेको का प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

गएराति लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार