अखाद्य बस्तु विक्री वितरण गर्ने धनगढीका २ पसल कारवाहीमा

अखाद्य बस्तु विक्री वितरण गर्ने धनगढीका २ पसल कारवाहीमा

धनगढीः धनगढीमा अखाद्य वस्तु बिक्री गरेको भन्दै २ जना व्यापारी कारवाहीमा परेका छन् । दिवासु टेड्रर्स र उत्तम स्टोर लाई संयुक्त टोलीले कारबाही गरेको हो ।

दिवासु टेड्रर्स लाई १५ हजार र उत्तम स्टोर लाई ५० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुन मगरले बताए ।

धनगढी चटकपुर ४ मा सञ्चालनमा रहेको उक्त पसलहरूले उपभोग्य म्याद समाप्त भएको अखाद्य वस्तु बिक्री, मुल्यसुचि नराख्ने र दर्ता नगरी व्यापार व्यवसाय गरी अनुचित व्यवसायी क्रियाकलाप गरेको भेटिएपछि जरिवाना गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बिहिवार जिल्ल प्रशासन कार्यालय र उद्योग वाणिज्य तया उपभोक्ता संरक्षण निदर्शनालयको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । संयुक्त टोलीले ७ वटा किराना पसलमा अनुगमन गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार