निर्दयी बुवा जसले हाने आफ्नै छोरालाई चक्कु

चक्कु प्रहार
प्रकाशित : :

डोटी: डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन ।

घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् ।

चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् ।  घटनापछि प्रहरीले बुवालाई नियन्त्रणमा लिएको र वडाअध्यक्ष नरेश खड्काको जवानीमा छाडेको प्रहरी स्रोतले बताएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट