बैतडी: बस दुर्घटनाका गम्भीर घाईतेहरुको धनगढीमा उपचार हुदैं, यस्तो छ स्वास्थ्य अवस्था ?

बैतडी बस दुर्घटनाका ११ जना गम्भीर घाईतेहरुको धनगढीको माया मेट्रो हस्पिटलमा उपचार हुदैं
बस दुर्घटनाका गम्भीर घाईते

धनगढीः बैतडीको खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि गम्भीर घाईते भएका ११ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा परी गम्भीर घाईते भएका ११ जनाको धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहेको हो ।

गम्भीर घाईते ११ जना लाई आज विहान अस्पताल पुराईए लगत्तै उपचार भईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिनुभयो । माया मेट्रो हस्पिटलमा उपचाररत घाईतेहरुमा बिरेन्द्र घर्तीमगर, विरेन्द्र चौधरी, सुरज विक, लोकेन्द्र बोहरा, पूर्ण टमटा, संगीता विक, दशरथ गिरी, बिरेन्द्र कार्की, धन सिंह खत्री, कल्पना कार्की र उनका डेढ वर्षको छोरा रहेको सावदले बताउनुभयो । सावदका अनुसार उपचाररतहरुलाई गम्भीर प्रकृतिको चोटलागेका कारण स्वास्थ्य अवस्थामा सुधारआउन समयलाग्ने बताउनुभयो ।

दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । उनीहरुमध्ये अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द, सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी रहेका छन् । यस्तै डिलासैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० का विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की रहेकी छन् ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर–२ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

मृत्यु हुनेका ७ जना पुरुष र २ जना छन् । मृतक मध्ये एक जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु थियो । अरुको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको एक जना बाहेक मृतक सबैको शवलाई जिल्ला अस्पताल बैतडी लगिएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार