बैतडीमा फेरी अर्को दुर्घटना, ट्याक्टर सडकबाट खस्दा चालकको गयो ज्यान

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
फाइल तस्बिर

बैतडीः बैतडीमा फेरी आर्को दुर्घटना भएको छ । बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको घाउ नसेलाउदै फेरी अर्को ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ८ बर्दियाका अन्दाजी ३० बर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो । लु ४ प ६१७१ नम्बरको ट्याक्टर दर्घटनामा परेको इलाका प्रहरी कार्यालय बैतडीले प्रहरीले जनाएको छ ।

ट्याक्टर तराईबाट दार्चुलातिर जान लागेको बुझिएको छ । रित्तो ट्याक्टर कसरी पल्टियो भन्ने बिषयमा तथा घटनास्थलमा चालक मृत अवस्थामा भेटिएका र अरु कोही नभएकाले ट्याक्टर सवार भए नभएको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार