चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसीलाई पनि देखीयो कोरोना

डा. गोविन्द केसी

धनगढीः चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । केही लक्षण देखा परेपछि डा. केसीले हिजो कोरोना परीक्षण गराएका थिए ।

आज उनीमा संक्रमण पोजेटिभ आएको हो । अहिल उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो समेत आएको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए । साथै डा. केसीको श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।

अहिले डा केसीका शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार