विद्यालमा पढाउने बमले पढाए व्यवहारीक जिवनमा पनि उदाहरणिय पाठः डेढ लाखको चेक सहितको पर्स गरे फिर्ता

जिम्मेवार शिक्षक बम, जसले गरे विभिन्न कागजात सहितको पर्स फेला परी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

धनगढीः विभिन्न सामाजिक संघसस्थामा आबद्ध, शैक्षिक सुधार शिक्षक समाज कंचनपुरका अध्यक्ष र ने.रे.सो कृष्णपुर उपशाखा बाणिका सचिव समेत रहनुभएका दिपेन्द्र बमले आज बिहान ९ः४५ बजेतिर बङ्क देखि बेलौरी जाने क्रममा कालागौडी पुल नजिक राजेन्द्र भट्टको नाममा रहेका विभिन्न कागजात सहितको पर्स फेला परी सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ ।

कृष्णपुर नगरपालिका २ घर भएका बम महाकाली मा.बि बेलौरिमा शिक्षक पेसामा आबद्ध हुनुहुन्छ । बिधालय जाने क्रममा कागजात सहितको पर्स फेला परेको उहाँले बताउनुभयो छ ।

पर्समा नगद रु १८४०, मोटरसाईकलको बिलबुक, १,५०,००० को चेक , ड्राइभिङ्ग लाइसेन्स र अन्य विभिन्न कागजातहरु रहेको उहाँले बताउनुभयो । पर्स फेला परेको जानकारी बमले फेसबुकमा पोष्ट गरेका थिए र यसैबाट सम्बन्धित व्यक्तिले थाहा पाई बमलाई सम्पर्क गरेको थियो । हराएको पर्स र कागजात पाएपछि राजेन्द्र भट्टले हृदयदेखी धन्यवाद दिनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार