कञ्चनपुरमा मृत फेला व्यक्तिको खल्तिमा ‘सल्फास’ भेटीयो, शव पोष्टमार्टमका लागि महाकाली अस्पताल पठाईयो

कञ्चनपुरमा मृत फेला व्यक्तिको खल्तिमा ‘सल्फास’ भेटीयो, शव पोष्टमार्टमका लागि महाकाली अस्पताल पठाईयो

कञ्चनपुरमा मृत भेटिएका व्यक्तिको खल्तिमा ‘सल्फास’ नामक विषादी फेला

कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका–१० सुन्दरपुरमा आइतवार एक जना मृत अवस्थामा भेटिएका छन्।

भीमदत्त नगरपालिका–२ उल्टाखामका ५५ वर्षीय डम्बर चन्द मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

ग्राभेल सडकको छेउमा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । मृतकले मदिरा सेवन गर्ने गरेको खुलेको उनले बताए ।

मृतक चन्दको खल्तीमा सल्फास समेत भेटिएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। अहिले शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार