मदिराले मातेका मगरले गरे भाइटीका लगाएर घर फर्केकी श्रीमतीको हत्या

डडेल्धुरामा मदिराले मातेका मगरले गरे भाइटीका लगाएर घर फर्केकी श्रीमतीको हत्या

डडेल्धुराः डडेल्धुरामा मदिाराको मातमा रहेका एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार