कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनाका घाइते धानुकको मृत्यु

Bike Accident

कञ्चनपुरः कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर–२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार कृष्णपुर नगरपालिका–२ वाणिमा म १ प ७८२३ र सु प प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।

कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार