सुदूरपश्चिममा १ महिनाको अवधिमा सवारी दुर्घटनाबाट २८ जनाले गुमाए ज्यान, कैलालीका मात्रै १० जना

मोटरसाइकल दुर्घटना

धनगढीः १ महिनाको अवधिमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट २८ जनाले ज्यान गुमाएका छन् । गएको कार्तिक देखि मंसिर १ गतेसम्मको अवधीमा भएका सवारी दुर्घटनामा सुदुरपश्चिम प्रदेशमा २८ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सोही अवधीमा ७० ओटा सवारी दुर्घटनामा परेका छन् ।

दुर्घटनामा २० जना पुरुष, ६ जना महिला र २ वालवालिका गरि २७ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । सोही अवधीमा दुर्घटनामा परि ८० जना गम्भिर घाईते भएका छन् ।

कैलाली जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना भएका छन् । कैलालीमा मात्रै ४५ ओटा सवारी दुर्घटना हुंदा १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै गरि सोही अवधीमा बझाङमा भने कुनै पनि सवारी दुर्घटना परेका छैनन् ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार दुर्घटना पर्नेमा मोटरसाईकल सबैभन्दा बढी ४२ ओटा मोटरसाईकल दुर्घटनामा परेका छन् ।

तिव्रगति, थोत्रा तथा पुराना सवारी साधन र असक्षम ड्राईभरका कारण दुर्घटना बढेको बताउँदै सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियका प्रमुख गौतमले सवारी चेकजाँच, सचेतना लगायतका कार्यहरुलाई तिव्रता दिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार