‘पार्टीको हैन अब देशको झण्डा बोकिन्छ’ भन्दै मङ्सिर ४ गते धनगढीमा मोटरसाइकल र्याली निकालिदै

पार्टीको झण्डा हैन अब देशको झण्डा बोकिन्छ भन्दै मङ्सिर ४ गते धनगढीमा मोटरसाइकल र्याली निकालिदै

कैलाली: पछिल्लो समयमा वर्तमान समयका राष्ट्रवादको खोल ओडेका राष्ट्रघाती माननियहरु प्रती जनताहरुको रुष्टपन, हिन्दु राष्ट्र सहितको राजसस्था पुनर्स्थापनाका लागि देशव्यापी रूपमा स्वतन्त्र जनताहरु द्वारा सडक संघर्षका कार्यक्रम थालिएका छ्न ।

वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा धर्म संस्कृती र राष्ट्र लागि सडकमा ओर्लिन थालेका हुन । देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ भने राजतन्त्रको जयजयकार हुँदै गणतन्त्र बिदाईको आवाज चर्को रूपमा सुनिन थालेका छ्न ।

पछिल्लो केहीदिन यता कोरोना महामारीलाई व्यवास्था गर्दै नागरिकहरु देश बचाउन सडकमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेको पाइन्छ । देशका विभिन्न ठाउँमा प्रदर्शन पश्चात् मङ्सिर ४ गते दिउँसो १२:३० बजे कैलालीको धनगढी स्थित बुद्धचोक देखि अत्तरिया सम्म शान्तिपुर्ण बृहत कार्यक्रमको तयारी थालिएको छ ।

पार्टी होईन देशको झण्डा बोकिन्छ, देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराकासाथ धनगढीदेखि अत्तरिया चोक सम्म करिब २५ किलोमीटर बृहत मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ।

बर्तमान सरकार पुर्णतः असफल भएको र राजसंस्थाको पुन;स्थापनाबाट मात्रै देशले निकाश पाउने भएकाले सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको अगुवाइमा कार्यक्रमको तयारी थालिएको कार्यक्रमका संयोजक रबिन्द्र कार्की ‘डब्बु’ले बताए ।

जनताको अभिमत पार्टीको झण्डा हैन अब राष्ट्रिय झण्डा सहितको शान्तीपुर्ण प्रदर्शनबाट देखाउन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । उक्त जन-संघर्षको बृहत कार्यक्रममा सहभागी हुन सम्पुर्ण राष्ट्र प्रेमी नागरिकहरुलाई आहवान समेत गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार