छठ पर्व सुरुः आज नहाइ–खाय

आजबाट विधिवत् रुपमा छठ पर्व शुरु

दसैँ तिहार सकै लगतै तराई मधेशमा छठको तयारी शुरु हुन्छ । दसैँपछिको सबभन्दा ठूलो पर्वको रुपमा छठलाई लिइन्छ । अहिले तराई मधेश हुँदै हिमालसम्म पुगेको छ । तराई मधेशमा हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व अन्य धर्मका व्यक्ति तथा समुदायले पनि मनाउन थालेका छन् ।

छठ पर्व हिजैदेखि विधि पूर्वक शुरु भएको छ । मंगलवार पहिलो दिनलाई “माछ मरुवा (कोदो)” नखाने दिनको रुपमा मनाइएको छ भने दोस्रो दिन अर्थात आज भक्तालुहरुले नुहाएर चोखो भइ मात्र खाने गरिन्छ जसलाई “नहाइ–खाय” भनिन्छ । छठ पर्वमा उपवास बस्ने वर्ताले आजको दिन नङ काट्ने, नुहाउने र चोखो भएर वर्तको संकल्प लिएर छठ पर्वको शुरु गर्ने चलन रहेको देखिन्छ ।

भोलि अर्थात तेस्रो दिन पञ्चमी तिथिका दिन वर्तालु दिनभरि उपवास बस्ने र साँझ सख्खर हालेको खीर पकाएर चढाएर पूजा गरिन्छ । वर्तालुले त्यही खाएर त्यसको भोलिपल्ट उपवास बसेर साँझ जलासयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । साँझको पूजा सम्पन्न गरेपछि त्यसको भोलिपल्ट अर्थात् उदाउँदो सूर्यको पूजा गरी छठ पर्व सम्पन्न गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार