राजसंस्थाको पक्षमा धनगढीबाट प्रदर्शनको आवाज गुन्जीदै, सोचेझैं गणतान्त्रिक व्यवस्था रैनछ !

राजसंस्थाको पक्षमा धनगढीबाट प्रदर्शनको आवाज गुन्जीदै, सोचेझैं गणतान्त्रिक व्यवस्था रैनछ

धनगढीः अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध धनगढीदेखि अत्तरियासम्म प्रदर्शन गरिने भएको छ ।

राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाले प्रदर्शन गर्न लागेका हुन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा ¥याली हुन लागेको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

गणतन्त्रका कारण नेपाल असफल भएकाले जनताले राजाको माग गरेको सुदूपश्चिम स्वतन्त्र देशभक्त समाजका संयोजक डब्बु कार्कीले जानकारी दिए । राजा र प्रजा मिलेर देशलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै राजा र प्रजा मिलेर बनाएको २०४७ को संविधान उत्कृष्ट भएको उनको भनाई छ ।

राजसंस्थाको पक्षमा धनगढीबाट प्रदर्शनको आवाज गुन्जीदै, सोचेझैं गणतान्त्रिक व्यवस्था रैनछ

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांगे सवारी साधन सहित ढाई हजार जनाको सहभागीतामा कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रदर्शनपछि कोणसभा गर्दै कार्यक्रमको समापन गर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार