आज विश्व शौचालय दिवस

विश्व शौचालय दिवस

काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ।

शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइए पनि ढिला गरी गत वर्ष खुला दिशा मुक्त घोषणा गरिएको हो । तर अझै पनि नेपालमा धेरै मानिस शौचालयको पहुँच बाहिर छन् । फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसा मुक्त अभियानले सार्थकता पाउनेछ । बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ। तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार