राजसंस्थाको पक्षमा धनगढी-अत्तरीया आज १२:३० बजे प्रदर्शन हुदै, राष्ट्र प्रेमी हरुमा सहभागीतको लागी आह्वान

राजसंस्थाको पक्षमा धनगढीबाट प्रदर्शनको आवाज गुन्जीदै, सोचेझैं गणतान्त्रिक व्यवस्था रैनछ

धनगढीः राजा समर्थकहरूले आज कैलालीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका संयोजक रविन्द्र कार्की डब्बुले बताए ।

हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना आफूहरूको प्रमुख माग रहेको उनको भनाइ छ । आज अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।

धनगढीबाट अत्तरिया पुगेको र्यालीमा महेन्द्रनगर र कैलालीको पुर्वी भागबाट आएकाहरु मिसिएर धनगढीमा वृहत कोणसभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार