पलभरमै यसरी बन्यो राजामय धनगढी-अत्तरीया (भिडियो सहित)

पलभरमै यसरी बन्यो राजामय धनगढी-अत्तरीया (भिडियो सहित)

पलभरमै यसरी बन्यो राजामय धनगढी-अत्तरीया

धनगढीः हिन्दु राष्ट्र पुर्नस्थापनाको दवाव दिन सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा मोटरसाईकल र्याली निकालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निस्केको र्याली कैलालीकै अत्तरिया हुदै पुन धनगढी पुगेर कोण सभामा परिणत भएको छ ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा र्यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुर्नस्थापना, संघियताको खारेजी र संबैधानीक राजतन्त्रको स्थापनाको माग सहित बृहत प्रर्दशन गरिएको आयोजकले बताएका छन् ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको हो ।

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधन सहित ३ हजार बढी मोटरसाईकलको सहभागिता रहेको थियो । हेरौं पलभरमै यसरी बन्यो राजामय धनगढी-अत्तरीया भिडियो…!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार