कञ्चनपुर स्थित नेपाल-भारत सीमा क्षेत्रमा १ नेपाली नागरिकको गोली हानि हत्या

कञ्चनपुर स्थित नेपाल-भारती सीमा क्षेत्रमा १ नेपाली नागरिकको गोली हानि हत्या

धनगढीः कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–७ उदरीका ३५ वर्षीय शिवलाल रानाको बिहिबार हत्या भएको हो ।

बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।

घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार