SKIP THIS

धनगढी उप-महानगरपालिका

सिमाक्षेत्रमा नेपालीको हत्या: नजिकबाटै गोली हानेको भारतिय प्रहरीको अनुसन्धान

कञ्चनपुर स्थित नेपाल-भारती सीमा क्षेत्रमा १ नेपाली नागरिकको गोली हानि हत्या

धनगढीः कञ्चनपुर स्थित नेपाल-भारत सीमा क्षेत्रमा मृत अवस्थामा भेटिएका कञ्चनपुरका युवकको शव आफन्तले बुझेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको शव शुक्रबार राति भारतबाट ल्याइएको र शव आफन्तले बुझेर शनिबार विहान अन्तेष्टि गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

शवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । यद्यपि घटना स्थलमा रहेका भारतीय प्रहरीले रानालाई कसैले नजिकबाट गोली हानेको बताएको छ । घटनाको स्थलगत अनुसन्धानपछि प्रहरीले आफुहरुलाई दाईको हत्या भएको र उनलाई नजिकबाट गोली हानिएको बताएको शिवलाल रानाका भाई जयलाल रानाले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार