कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टी एन जोशीलाई पनि देखीयो कोरोना

डा. टी एन जोशी
डा. टी एन जोशी

धनगढीः कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही समस्या आए पछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पोजेटिभ देखिएको जोशीले बताए । सङ्क्रमण पछि जोशी होम आइसोलेसनमा बसेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जोशीले सामाजिक काममा संलग्न रहँदै गर्दा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू सङ्क्रमित भएको र केही समय यता आफ्नो सम्पर्कमा रहेकालाई सचेत रहन र स्वास्थ्य जाँच गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार